एजेन्सी । इरानका विदेश मामिला मन्त्री सैयद अब्बास अराघची र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ओमानले मध्यस्थतामा भएको तेहरान र वासिङ्टन वार्ताको पछिल्लो प्रगतिबारे छलफल गरेका छन् ।
इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार दुवै पक्षले पछिल्लो क्षेत्रीय र अन्तर्राष्ट्रिय घटनाक्रमबारे पनि छलफल गरेका छन् । अराघचीले आफ्नो शान्तिपूर्ण आणविक कार्यक्रमसँग सम्बन्धित समस्या समाधान गर्न कूटनीतिको बाटो रोज्ने इरानको ‘जिम्मेवार’ दृष्टिकोणलाई प्रकाश पारेका छन् ।
उनले आणविक हतियारसम्बन्धी सन्धिको सदस्यको रूपमा, इरानले शान्तिपूर्ण उद्देश्यका लागि आणविक ऊर्जा प्रयोग गर्ने आफ्नो अधिकारमा जोड दिँदै युरेनियमको संवर्धनका लागि अन्तर्राष्ट्रिय दायित्वप्रति प्रतिबद्ध रहेको बताएका छन् ।
अधिकारीहरूको ‘विरोधाभासी’ व्यवहार र टिप्पणी, इरानी राष्ट्र विरुद्ध प्रतिबन्ध र धम्कीहरूको निरन्तरता, कूटनीतिक मार्गमा अगाडि बढ्न वाशिङ्गटनको गम्भीरताबारे अविश्वास र शङ्का बढेको छ।संयुक्त राष्ट्रसङ्घका प्रमुखले इरानका विदेशमन्त्रीले अमेरिकासँगको वार्तासँग सम्बन्धित घटनाक्रमबारे व्याख्या गरेकोमा प्रशंसा गर्दै कूटनीतिक प्रक्रिया जारी राख्ने बताएका छन् । इरान र संयुक्त राज्य अमेरिकाले अप्रिल १२ र २६ मा ओमानको मस्कटमा पहिलो र तेस्रो चरणको अप्रत्यक्ष वार्ता र अप्रिल १९ मा इटालीको रोममा दोस्रो चरणको वार्ता गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० बैशाख २०८२, १३ : ४७
लेखकबाट थप