वर्षा शिवाकोटी अभिनित ‘झिल्को’सहित १२ फिल्म प्रदर्शनमा

सफल खबर संवाददाता

शुक्रबार, १९ बैशाख २०८२, १२ : ३५
वर्षा शिवाकोटी अभिनित ‘झिल्को’सहित १२ फिल्म प्रदर्शनमा

काठमाडौं । शुक्रबार (आज)बाट हलमा नयाँ फिल्म ‘झिल्को’प्रदर्शनमा आएको छ। बिहिबार काठमाडौंमा भव्य प्रिमियर गरिएको यो फिल्म आजबाट प्रदर्शनमा आएको हो।

‘झोला’का निर्देशक यादब भट्टराईको निर्देशनमा बनेको यो फिल्ममा डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरका कथालाई समेटिएको छ। देशभर ११६ शोमार्फत प्रदर्शनमा आएको यो फिल्मलाई वितरण कम्पनी डिसिएनले गरेको छ।

प्रतिक्रिया दिनुहोस