पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको अनियमितताको न्यायिक छानबिन हुनुपर्ने बताएका छन् । शुक्रबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहेका गुरूङले सो कुरा बताएका हुन् । उनले छानबिनका लागि माओवादी पार्टीले सरकारलाई पूर्ण सहयोग गर्ने समेत बताए ।
सरकारका असंवैधानिक गतिविधिमा मात्र खबरदारी गर्ने तर सुशासन र राष्ट्रियताको मुद्दामा सरकारको साथमा रहने उनले बताए । ‘सरकारले चालेका असंवैधानिक गतिविधिमा मात्र हामी प्रतिपक्ष बन्छौं,’ उनले भने, ‘सुशासन, राष्ट्रियताका मुद्दा र व्यवस्थाको विषयमा हामी सरकारसँग प्रतिपक्ष हौं भनेका छैनौं ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ बैशाख २०८२, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु