काठमाडौँ। कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु भएको छ । प्रदेश सरकारले आयोजना गरेको सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।उद्घाटनको क्रममा स्वस्ति वाचन गरिएको थियो । सम्मेलन २ दिनसम्म चल्नेछ ।
सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारतलगायतबाट लगानीकर्ता विराटनगर आएका छन् । यस्तै गैरआवासीय नेपाली र स्वदेशी लगानीकर्ताको पनि जमघट छ । मधेश र कर्णाली प्रदेशका मुख्यमन्त्रीहरूको पनि उपस्थिति छ ।
प्रदेश सरकारले १ खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजना सोकेसमा राखेको छ । जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, आइटी र फोहोर प्रशोधन लगायतका क्षेत्रका आयोजना समेटिएको लगानी प्राधिकरण कोशीका प्रमुख कार्यकारी निर्देशक डा। सरोज कोइरालाले बताए ।
सम्मेलनमा २ दर्जनभन्दा बढी परियोजनामा सम्झौताको सम्भावना सुनाउँदै कोइरालाले भने,‘दुई दर्जनभन्दा बढी परियोजनाको सम्झौता हुने गरी फाइनल चरणको कुरा भइसकेको छ ।’सम्मेलनमा पर्यटनसम्बन्धी १५ वटा परियोजना राखिएको छ । कृषिका ९, पूर्वाधारतर्फ १४, उद्योगहरू ९ वटा, ऊर्जा क्षेत्रका ९ वटा योजनाहरू राखिएको छ । लगानीकर्तालाई आकर्षित गर्न प्रदेश सरकारले नीतिगत प्रतिविद्धतासमेत गरेको छ ।
लगानी सुरक्षित गर्न र अड्चनहरू हटाउन सरकारले ८ वटा कानून अध्यादेशमार्फत संशोधन गरेको मुख्यमन्त्री कार्कीले जानकारी दिए । कार्कीले प्रदेश सरकार लगानीकर्ता र निजी क्षेत्रको वारेस बन्न तयार रहेको बताए । एक वर्षसम्म निरन्तर निजी क्षेत्रसँग समन्वय र छलफलपछि परियोजना छनोट गरिएको उनले सुनाए ।
प्रदेशभित्रका कृषि, उद्योग, पर्यटन, पूर्वाधार र जलस्रोतसँग सम्बन्धित सम्भाव्य आयोजना वा परियोजनाको सूची तयार गरी तिनको प्राविधिक एवं आर्थिक अवस्थाको विश्लेषणसहित लगानीकर्तासमक्ष पेश गरिनेछ । साथै, संघीय सरकार, स्थानीय तह र लगानीकर्ताबाट प्राप्त आयोजनाको समेत सम्भाव्यता अध्ययन गरी लगानीका लागि निम्त्याइने छ ।
परियोजना सञ्चालनका लागि बैंक तथा वित्तीय संस्थासँग समेत सहजीकरण गर्ने प्रदेश सरकारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ बैशाख २०८२, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले २८ वैशाखमा संसद्मा जवाफ दिने
प्रधानमन्त्री ओलीसँग सुदूरपश्चिमका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीको भेटवार्ता
प्रधानमन्त्रीद्वारा पुल्चोक-गोन्द्राङ-६ लेन सडकको उद्घाटन, देश विकासमा पूर्वाग्रह नराख्न आग्रह
सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता छैन: प्रधानमन्त्री ओली