काठमाडौ । सुनसरीबाट सशस्त्र प्रहरी बलले ७ सय ८३ किलोग्राम गांजा सहितको ट्रक र २ जना ब्यक्तिलाइ नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं.१ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेश धरानको संयुक्त सुरक्षाफौजले गांजा सहितको ट्रक र त्यसका चालक तथा सहचालकलाई बुधबार नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
धरान उप - महानगरपालिका- १३ निशाने डाँडा स्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रकलाइ शंका लागि चेकजाँच गर्दा उक्त परिणामको गांजा र ना ७ ख २८१ लेखिएको नम्बर प्लेट फेला परेको थियो ।
ट्रकको ड्राइबर सिटमाथी बक्सा बनाएर २२ वटा पोकामा लुकाइ छिपाइ ल्याउंदै गरेको गांजा सहितको ट्रक , चालक सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका -१ बस्ने ३१ बर्षका मनोज परियार र सहचालक धनकुटा जिल्ला सिदुवा नगरपालिका-६ बस्ने १८ बर्षका आकाश राईलाई समेत नियन्त्रणमा लिइएको उनको भनाइ छ ।
नियन्त्रणमा लिइएका हरुलाई गांजा र ट्रक सहित आवश्यक कारवाहिको लागि बुधबार राती नै जिल्ला प्रहरी कार्यालय ईनरुवा सुनसरीमा बुझाइएको थापाले बताए । यस अघि बुधबार बिहान मात्रै सशस्त्र प्रहरी बल बिपद ब्यबस्थापन बेश धनकुटाले ४ सय २१ किलो गांजा सहितको कार नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ बैशाख २०८२, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा गाजामा २० जनाको मृत्यु
सात किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
गाजाको राफा नाका आजदेखि खोलिने, छ सय सहायता सवारी प्रवेश गर्ने तयारी
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
गाजा इजरायल शान्ति योजना अनुमोदन, ७२ घण्टापछि २० बन्धक रिहा हुने
इजरायलले गाजामा गरेको आक्रमणमा ८० भन्दा बढी प्यालेस्टिनी मारिए