काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीसँग एकताको विषयमा छलफल गर्न आज साँझ जनमत पार्टीले कार्यकारिणी समितिको बैठक बोलाएको छ । बानेश्वरस्थित पार्टी कार्यालयमा साँझ ६ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा कार्यकारिणी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि भनिएको छ ।
सम्पूर्ण कार्यकारिणी सदस्यलाई आफ्नो नागरिकता र मतदाता परिचयपत्र लिएर आउन पार्टीले सूचित गरेको छ ।जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकताको सम्पूर्ण तयारी पूरा भएको छ । वैशाख १७ गते पार्टी एकता घोषणा हुँदैछ । पार्टीको नाम जनमत पार्टी रहने छ भने चुनाव चिह्न ढकिया रहने सहमति भएको छ ।
त्यस्तै पार्टीको कार्यकारी अध्यक्षमा डा. सीके राउत, संरक्षकमा रेशम चौधरी र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने तय भएको छ । संरक्षक रेशम चौधरीसहित ५१ सदस्यीय पदाधिकारीमा दुवै पार्टीबाट २५–२५ जना रहने छन् भने ७०० सदस्यीय केन्द्रीय समितिमा पनि दुवै पार्टीबाट आधाआधा रहने सहमति भएको छ ।
भोलि एकीकरण घोषणा भएपछि वैशाख १९ गते पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने नेताहरूले जनाएका छन् । भोलि एकताको घोषणा भएपछि त्यही दिन एकीकृत पार्टीको केन्द्रीय समितिको बैठक बसेर पार्टी दर्ताका लागि निर्णय गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ बैशाख २०८२, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड
विभिन्न संरचनागत मागसहित जनमत पार्टीको प्रदर्शन
मधेश प्रदेश सरकारबाट जनमत पार्टी अलग
जनमत पार्टीको महाधिवेशन असोजमा हुने
जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्ने
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा