काठमाडौं। काठमाडौं महानगरपालिका–१६ बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छिन् । बालाजुस्थित जागृती टोल बस्ने ४५ वर्षीया बिना श्रेष्ठले आफ्नो शरीरमा आफैं आगो लगाएकी हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराका अनुसार आइतबार राति करिब १० बजेतिर ती महिलाले शरीरमा आगो लगाएकी हुन् । श्रीमानसँग विवाद भएपछि उनले आफ्नै शरीरमा पट्रोल छर्केर आगो लगाएको पाइएको प्रहरीको भनाइ छ ।
उनको नयाँबजारस्थित पिपल्स अस्पतालमा उपचार भइरहेको छ । उनको पेट, छाती र वाँया हात गरी करिब २५ प्रतिशत भाग जलेको चिकित्सकको भनाइ छ । घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ बैशाख २०८२, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा पनि लगाए आगो
धनुषामा दुई वटा ट्रक एकापसमा ठोक्किँदा आगो लाग्यो
तीनकुनेको घरमा लागेको आगो नियन्त्रणमा