काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको आरोप लगाएको छ । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उपमहासचिव जनार्दन शर्माले सरकारले शिक्षकहरूमाथि अश्रुग्याँस, पानीको फोहरा, लाठी प्रहार हानेको टिप्पणी गरेका हुन् ।
उनले सरकारले शिक्षकहरूको माग पूरा गर्नुको सट्टा दमन गरेको भन्दै भर्त्सना गरे । संविधान निर्माणसँगै नयाँ ऐन बनाएर शिक्षालाई नयाँ दिशा दिनुपर्ने भए पनि अहिलेसम्म नबनेकोमा असन्तुष्टि जनाएका छन् ।
उनले विगतमा सरकारहरूले शिक्षकसँग गरेको सम्झौता कार्यान्वयन नगरेर धोखा दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ बैशाख २०८२, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु