काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरुको रणनीति असफल भइसकेको दाबी गरेका छन् । प्रेस सेन्टर नेपालको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजावादीहरुको सक्रियता बढेपछि आफूहरुले शान्तिपूर्वक प्रतिवाद गरेको बताए ।
प्रचण्डले भने, ‘राजावादीहरुको करिब करिब उनीहरुले भन्ने गरेको र गर्ने गरेको होहल्ला र रणनीति पूर्णतः असफल भइसकेको छ। अहिले हामीले भन्नुपरेको छैन, अरुअरुले पनि भन्न थालेका छन्, असफल भयो । त्यो भनेको जनता सफल भए, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरको हैसियतले हामी सफल भयौं ।’
उनले आउने दिनमा पनि राजावादी भनाउँदाहरुले बितण्डा मच्चाउनसक्ने भएकाले जनतालाई सचेत बनाउनुपर्ने बताए । प्रचण्डले भने, ‘प्रतिक्रियावादी र प्रतिगामी शक्तिहरुलाई खबरदारी गर्ने जिम्मेवारी हाम्रो काँधमा छ । तपाईं प्रचार सेनाको जर्नेल हुनुको नाताले अझै बढी संवेदनशील र गम्भीर हुनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ बैशाख २०८२, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने