काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही वैशाख १७ गते एकीकरण हुने भएको छ । केही समयदेखि पार्टी एकीकरणको प्रयास गरिरहेका दुई दलले त्यसलाई १७ गते औपचारिकता दिन लागेका हुन् ।
जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार आगामी बुधबार बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा एकीकरण घोषणा हुनेछ । घोषणा कार्यक्रममा जनमतले पार्टीका केन्द्रीय सदस्य,भ्रातृ संस्था र संगठनका सबै सदस्यलाई उपस्थित हुन भनेको छ ।
घोषणाको अघिल्लो दिन मंगलबार बेलुका ६ बजे जनमतले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । उक्त बैठकमा अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ बैशाख २०८२, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड
विभिन्न संरचनागत मागसहित जनमत पार्टीको प्रदर्शन
मधेश प्रदेश सरकारबाट जनमत पार्टी अलग
जनमत पार्टीको महाधिवेशन असोजमा हुने
जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्ने
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा