काठमाडौँ । जनमत पार्टीले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ । जनमत पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले आइतबार एक विज्ञप्ति जारी गरी आन्दोलनरत शिक्षकहरूसँग तत्काल वार्ता गरी न्यायोचित मागहरू सम्बोधन गर्दै शिक्षा ऐन समेत जारी गर्न नेपाल सरकारसँग माग गरेका हुन् ।
विगत १८ दिनदेखि नेपाल शिक्षक महासंघले काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएको छ । सरकारले शिक्षा नीति ऐन, कानुन र शिक्षा क्षेत्रमा देखा परेका विकृति र अन्यौलता अन्त्य गर्नुपर्ने आवश्यक देखिएको जनमत पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ बैशाख २०८२, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड
विभिन्न संरचनागत मागसहित जनमत पार्टीको प्रदर्शन
मधेश प्रदेश सरकारबाट जनमत पार्टी अलग
जनमत पार्टीको महाधिवेशन असोजमा हुने
जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्ने
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा