छोंगछिङ l नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) बीच आपसी सहयोग आदानप्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनको छोंगछिङ नगरमा आयोजित विशेष समारोहमा सो समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
माओवादी केन्द्रको प्रतिनिधिमण्डलले सिपिसीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा छोंगछिङ नगरपालिका पार्टी स्कूल (छोंगछिङ प्रशासन स्कूल) भ्रमण गरेको थियो ।
समझदारीमा पार्टी निर्माण, राज्य सञ्चालन, कार्यकर्ता प्रशिक्षण तथा अनुभव साटासाटका क्षेत्रमा आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषय उल्लेख गरिएको छ । यस्तै, पार्टी स्कूल विकास, पाठ्यक्रम निर्माण, शिक्षक विकास, र शिक्षण विधिमा सहकार्य गर्दै कार्यकर्ता शिक्षाको अन्तर्राष्ट्रियकरण तथा व्यावसायिकता प्रवर्द्धन गर्ने विषय सहमतिपत्रमा उल्लेख छ ।
समझदारीमा २१औँ शताब्दीको सन्दर्भमा स्थानीय आवश्यकतासँग मेल खाने माक्र्सवादी सिद्धान्तको विकास तथा त्यसको अभ्यासबारे संयुक्त अनुसन्धान गर्ने, साथै क्षेत्रीय समाजवादी आन्दोलन र राज्य सञ्चालनका विषयमा अध्ययन गर्न पनि सहमति भएको छ ।
सम्झदारीमा उच्चस्तरीय भ्रमण, शिक्षक आदानप्रदान, संयुक्त गोष्ठी, कार्यशालाहरू तथा शैक्षिक संवादमार्फत उच्चस्तरीय संयन्त्र निर्माण गरिने उल्लेख छ । त्यसैगरी दुवै पक्षले भविष्यमा थप सहकार्यका सम्भावनाहरूमा छलफल गर्न समेत सहमति जनाएको छ ।
समझदारी हस्ताक्षरको मितिदेखि लागु हुने यो सम्झौता पाँच वर्षसम्म लागु हुने उल्लेख छ भने समाप्त हुनुभन्दा छ महिनाअघि दुबैतर्फबाट नवीकरणका लागि परामर्श गर्न सकिने व्यवस्था गरिएको छ ।
नेकपा माओवादी केन्द्रका नेताहरु गत चैत २६ गते देखि चीन भ्रमणमा छन् । पार्टी सचीव दिनानाथ शर्माको नेतृत्वको २० सदस्यीय उच्चस्तरीय भ्रमण टोली बुधबार चीनको चोङकिङ सहर आईपुगेको थियो । माओवादी टोली अप्रिल १७ अर्थात् २०८२ वैशाख ४ गते स्वदेश फर्किने छ ।
माओवादी केन्द्रको भ्रमण टोलीमा पार्टी केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, रामदीप आचार्य, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझी लगायत छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ३१ चैत्र २०८१, १८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभिन्न पार्टी परित्याग गरी ३७० जना माओवादी केन्द्रमा प्रवेश
अब जति पनि केन्द्रीय सदस्य बनाउन सक्ने माओवादीको निर्णय
नेसपाका केन्द्रीय सचिवालय सदस्य किरण थापासहित १४ जना माओवादीमा प्रवेश
खुमलटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
माओवादी केन्द्रको बैठक जारी
माओवादी केन्द्रको मध्य पहाडी अभियान स्थगित