काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनलाई संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रुपमा ब्याख्या गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले भने, ‘त्यो संविधान च्यात्ने, व्यवस्था मास्ने प्रयास थियो ।
राजसंस्था पुनर्स्थापनाका लागि राप्रपा नेताहरुसमेतको उपस्थितिमा काठमाडौको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो । सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट समेत भएको थियो ।
संसदीय समितिमा घटनाको विवरण सुनाउँदै गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने बताए । तर लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्ने उनले बताए ।
तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धबलशम्शेर राणा लगायत पक्राउ परेका छन् । प्रसाईंलाई आज भारतबाट झापा हुँदै काठमाडौं ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ चैत्र २०८१, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीलाई आगामी वर्ष तलब, पोसाक र रासनमा कमी हुँदैन : गृहमन्त्री लेखक
गोताखोर बेपत्ता घटना बुझ्न गृहमन्त्री हल्चोकमा
गैरआवासीय नेपालीको माग सम्बोधन गर्न बेग्लै विधेयक आवश्यक पर्छ : गृहमन्त्री लेखक
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक
गृहमन्त्री लेखकलाई संसदमा बोल्न दिने माओवादीको संकेत
राजीनामा नदिने गृहमन्त्रीको अडान, संसदमा बोल्न मागे समय