काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने अभिप्रायले बैंकासुरेन्स सम्बन्धी सम्झौता गर्दै आएको छ ।
यसै सन्दर्भमा मिति २०७५/०७/२० मा महालक्ष्मी विकास बैँक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बंैकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक समारोहकाबीच बैंकासुरेन्सको सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंकबाट उक्त कम्पनीको जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण जीवन बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
महालक्ष्मी विकास बैंकको चुक्ता पुँजी रु. २ अर्ब ८४ करोड रहको छ भने बैंकले हालसम्म रु. २६ अर्ब ५६ करोड निक्षेप संकलन गरी रु. २३ अर्ब ८३ करोड कर्जा प्रवाह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ कार्तिक २०७५, १७ : ३४
लेखकबाट थप