नारायणगढमा श्रीमान् वीरबहादुरलाई हेर्न पाइने

मंगलबार, १८ पुस २०७४, १७ : ५१
नारायणगढमा श्रीमान् वीरबहादुरलाई हेर्न पाइने

चितवन । दुई वर्षदेखिको नाट्य खडेरीलाई पुर्ती गर्दै श्रीमान् वीरबहादुर पुस १९ गते बुधबारदेखि शनिबारसम्म नारायणगढस्थित नारायणी कला मन्दिरमा मञ्चन हुँदैछ । चितवनमा रंगमञ्च (थिएटर) निर्माण गर्नको लागि आर्थिक संकलन गर्ने उद्देश्यले कर्मी नाट्य समूहले नाटक श्रीमान् वीरबहादुर मञ्चन गर्न लागेको हो ।
मदन पुरस्कार प्राप्त गरेको कथाकार रामलाल जोशीको ऐना कथा संग्रहमा रहेको कथा श्रीमान् वीरबहादुरलाई सुदुरपश्चिमेली कलाकार भीष्म जोशीले नाट्य रुपान्तरण र निर्देशन गरेका छन् । नाटकमा प्रहरी चौकी इन्चार्जको भूमिकामा समेत देखिएका जोशीले थिएटरको मर्म मर्न नदिन कलाकारले माइकबिना नै संवाद बोलेको जानकारी दिए । नाटकमा जोशीसँगै पोखरा, चितवन र गैँडाकोटका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस