इन्टरसँग वायरन म्युनिख पराजित

एजेन्सी

बुधबार, २७ चैत्र २०८१, ०८ : १७
इन्टरसँग वायरन म्युनिख पराजित

एजेन्सी । इन्टर मिलानले युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।

मंगलबार राति भएको खेलमा इन्टर मिलानले वायरन म्युनिखमाथि २–१ को अवे जित हात पारेको हो।

खेलको पहिलो ३० मिनेट प्रभावकारी प्रदर्शन गरे पनि गोल गर्न असमर्थ वायरनको विरुद्धमा ३८ औँ मिनेटमा इन्टरले अग्रता लिएको हो।

लाउटारो मार्टिनेजले मार्कस थुरामको सहयोगमा गोल गरेका हुन्। ८५ औँ मिनेटमा थोमस मुलरले वायरनका लागि गोल गरेका थिए। त्यसको तीन मिनेटपछि डेभिड क्राटेसीले इन्टरका लागि विजयी गोल गरे।

प्रतिक्रिया दिनुहोस