काठमाडौँ । कैलाली प्रहरीले एक महिलासहित ४ जनालाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट लागु औषध खैरो हिरोइन फेला परेसँगै धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरस्थित एनएस होटलबाट प्रहरीले पक्राउ गरेको हो ।
लागु औषध कारोबार भइहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समुह र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुको साथबाट ३ ग्राम ७६० मिलिग्राम खैरो हेरोईन बरामद गरेको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष २० का सुरेश बिष्ट, भिमदत्त नगरपालिका वडा नम्बर १० बस्ने बर्ष २३ का लोकेन्द्र चन्द, डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष १९ का रिजन कठायत र
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मिलन चोक बस्ने बर्ष १८ की आशिका सिजापती रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ चैत्र २०८१, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ