बुटवल । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको छ ।
जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अदालती प्रकिृया पुर्याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो।
जिल्ला प्रहरी कार्यलय रुपन्देहीका डीएसपी सुरज कार्कीले सबै अदालती प्रक्रिया पुर्याएर कारागार पठाइएको बताए । उनले अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने जानकारी दिए ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा ल्याइएको थियो ।
भैरहवा कारागारमा सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ चैत्र २०८१, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अझै फर्केनन् भिमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी
चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी
भीमफेदी कारागार तोडेर फरार भएका कैदी बारामा चोरी गर्दा पक्राउ
कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई
केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ
कास्कीमा जेनजी आन्दोलन: आगजनी र तोडफोड गर्ने रास्वपा नेतासहित ४ जना कारागार चलान