काठमाडौ । नेकपा (माओवादी केन्द्र)ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) लाई पार्टीको उपाध्यक्ष बनाएको छ।
यही चैत १९ गते बसेको पदाधिकारी बैठकले पुनलाई केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्यसँगै पार्टीको उपाध्यक्ष पदमा मनोनीत गर्ने निर्णय गरेको माओवादी केन्द्रका सचिव लीलामणि पोख्रेलले जानकारी दिए।
गएको फागुन तेस्रो साता बसेको माओवादी केन्द्रीय समिति बैठकमा पुन आमन्त्रित अतिथिको रुपमा सहभागी भएका थिए।
पुन उपाध्यक्षमा मनोनीत भएको विषय माओवादी केन्द्रले पार्टीका तल्लो कमिटीलाई सर्कुलर गरिसकेको छ।
माओवादी केन्द्रले यसअघि नै पुनलाई उत्पादन ब्युरो इन्चार्जको जिम्मेवारी दिएको थियो। पुन पार्टीका हरेक बैठकमा आमन्त्रित नेताको रुपमा उपस्थित हुँदै आएका थिए ।
दुई कार्यकाल उपराष्ट्रपति पद सम्हालेका पुन गएको माघमै पार्टी राजनीतिमा सक्रिय हुन थालेका हुन्।
सुरुमा पासाङले पार्टी राजनीतिमा फर्किने चाहना राख्दा पार्टीभित्र र बाहिर पनि आलोचना भएको थियो। पुन २०७२ सालदेखि २०७९ सम्म उपराष्ट्रपति भएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ चैत्र २०८१, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
माओवादीको केन्द्रीय कमिटी बैठक जारी
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)