पोखरामा अन्तर्राष्ट्रिय महोत्सव हुने

मंगलबार, १८ पुस २०७४, १७ : ०३
पोखरामा अन्तर्राष्ट्रिय महोत्सव हुने

चितवन। नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठान काठमाडौंले आगामी १९ गतेदेखि २२ माघसम्म (निफ) आयोजना गर्ने भएको छ । आयोजक प्रतिष्ठानले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजनासहित महोत्सवको बिभिन्न पक्षबारे जानकारी गरायो ।

‘कथ्यहरुको उत्सव’ नारासहित आयोजना हुन लागेको महोत्सव पोखरा उद्योग बाणिज्य संघको हलमा आयोजना हुँदैछ । महोत्सवमा चीन, भारत, जापान, कतार, नेपाल, श्रीलंका लगायत ३० भन्दा बढी राष्ट्रका ५३ साना तथा ठुला चलचित्र प्रदर्शन गरिनेछ । महोत्सव चलचित्र क्षेत्रको एक उत्सव हुने आयोजकको दाबी छ ।

महोत्सवमा यसपटक चलचित्र पत्रकार तथा कलाकारहरुको समेत उल्लेख्य सहभागी हुने अपेक्षा आयोजकले लिएको छ ।  कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष के.पी पाठक र फेष्टिवल निर्देशक मनोज पण्डितले महोत्सवका बिभिन्न पक्षबारे जानकारी दिएका थिए ।

के–के हुन्छ महोत्सवमा ?  
–बिभिन्न बिषयमा निर्माण भएका ३० देशका ५३ चलचित्रको प्रदर्शन ।
– १० चलचित्र क्षेत्रका लागि महत्वपुर्ण बिषयमा अन्तरक्रिया ।
– भारतीय र चीनियाँ चलचित्रको न्यारेटिक चरित्रमाथि बहस ।
–नेपाली चलचित्रमा न्यारेटिक खोजको बिषयमा बहस ।
महोत्सवमा प्रदर्शन गरिएको चलचित्र मध्यबाट उत्कृष्ट चलचित्रलाई उत्कृष्ट चलचित्र, उत्कृष्ट सट चलचित्र, बिषेश महत्व जुरी सम्मान, नेपाली पानोरमा उत्कृष्ट चलचित्र गरि चार पुरस्कार प्रदान् ।
– डा.चैतन्या मिश्र, यादव खरेल, नवीन सुब्बा, सरेश ढकाल, तीर्थ श्रेष्ठ, सरुभक्त, अनुप बराल, रबिन्द्र अधिकारी, मणि थापा, बिश्रप्रकाश शर्मा, सुनिल थापा लगायतबाट चलचित्रको बारेमा बिषेश प्रस्तुति ।

प्रतिक्रिया दिनुहोस