काठमाडौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा पक्राउ पूर्जी काट्ने 'रिति र थिति' के थियो भन्दै प्रश्न गरेका छन् ।
अदालतको आदेशपछि रविलाई राति नै घरमा पुगेर पक्राउ गरिएको विषयलाई लिएर रास्वपाका नेताहरूले विरोध गरिरहेका बेला पोखरेलले यस्तो प्रश्न गरेका हुन् ।
लामिछाने गृहमन्त्री हुँदा ‘रिति र थिति’ कस्तो थियो स्मरण गर्न उनले रास्वपाका नेताहरूलाई आग्रह गरेका छन् । उनले सुधारको खोजी यस्तै बेलामा हुने तर्कसमेत गरेका छन् ।‘प्रहरीको पूर्जी काट्ने 'रीति र थिति' रविजी गृहमन्त्री हुँदाको अवस्थामा के थियो भन्ने हेक्का रास्वपाका नेताहरूलाई 'थाहा' नहुने कुरै भएन । तर पनि सुधारको खोजी यस्तै बेलामा हुने त हो नि ! ?’ पोखरेलले फेसबुकमा लेखेका छन् ।
अदालतको आदेशपछि रविलाई शुक्रबार राति निवासबाटै पक्राउ गरिएको थियो । उनलाई आजै रुपन्देही लगिँदै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ चैत्र २०८१, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)