काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्न लागेको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा काठमाडौँको तीनकुनेमा यही चैत १५ गतेको घटनाका सम्बन्धमा गृहमन्त्री रमेश लेखकसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल हुनेछ ।
विधायन व्यवस्थापन समितिको बैठक पनि आजै बस्दै छ । दिउँसो १ बजे सुरु हुने बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ चैत्र २०८१, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुईवटा संसदीय समितिको बैठक बस्दै
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा
तीन वटा संसदीय समितिको बैठक बस्दै
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
तीनकुने घटनामा मानव अधिकारको गम्भीर उल्लंघन : संसदीय समिति
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची