काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले तीनकुने घटनामा सरकारले कुनै एउटा पक्षको दोष देखाएर सरकार उम्किन नमिल्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री केपी ओलीले पूर्वतयारी पर्याप्त नभएको स्वीकारिसकेको बताए । उनले भने, ‘सरकारले पूरा तयारी नभएको स्वीकारिसकेको छ। दुई जनताको ज्यान गइसकेको छ । करोडौंको क्षति भइसकेको छ। अनि उहाँले एउटा कार्यक्रममा १०, १५ हजार आउँदैमा केही हुँदैन त्यसलाई ठूलो कुरा नबनाऔं भन्नुभयो । गृहमन्त्रालयका प्रवक्ताले ४ हजार मात्रै मान्छे थिए भन्नुभयो। त्यसो हुँदा गृहप्रशासनले त्यही मान्छे किन सम्हाल्न सकेन त्यो प्रश्न त उठ्छ नि ।’
उनले घटनाबारे उच्च स्तरिय छानविन आयोग गठन गर्न माग गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ चैत्र २०८१, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाकी पूजा बास्तोलाले दिइन् उजुरी
रास्वपाका ९९ सदस्यीय केन्द्रीय समितिमा को को जिते ? (सूची सहित)
रास्वपा महामन्त्रीमा सागर ढकालले गरे उम्मेदवारी घोषणा
रास्वपा महामन्त्रीमा जगदिश खरेलको उम्मेदवारी दर्ता
रास्वपा केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक
रास्वपा केन्द्रीय सदस्यका लागि मतदान सकियो