काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले तीनकुने घटनामा सरकारले कुनै एउटा पक्षको दोष देखाएर सरकार उम्किन नमिल्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री केपी ओलीले पूर्वतयारी पर्याप्त नभएको स्वीकारिसकेको बताए । उनले भने, ‘सरकारले पूरा तयारी नभएको स्वीकारिसकेको छ। दुई जनताको ज्यान गइसकेको छ । करोडौंको क्षति भइसकेको छ। अनि उहाँले एउटा कार्यक्रममा १०, १५ हजार आउँदैमा केही हुँदैन त्यसलाई ठूलो कुरा नबनाऔं भन्नुभयो । गृहमन्त्रालयका प्रवक्ताले ४ हजार मात्रै मान्छे थिए भन्नुभयो। त्यसो हुँदा गृहप्रशासनले त्यही मान्छे किन सम्हाल्न सकेन त्यो प्रश्न त उठ्छ नि ।’
उनले घटनाबारे उच्च स्तरिय छानविन आयोग गठन गर्न माग गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ चैत्र २०८१, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लिपुलेक विवादमा रास्वपाको टिप्पणी : सरकारप्रति हामीलाई शंका छ
हरिप्रसाद कँडेल रास्वपाको जिम्मेवारीबाट निलम्बित
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
सत्तारुढ दलले उपसभामुख पदको अवमूल्यन गरे: रास्वपा
संसद् बैठक अगाडि आन्तरिक छलफलमा रास्वपा