काठमाडौ । साढे ५ महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछाने आजदेखि पार्टी कामको जिम्मेवारीमा फर्किंदै छन्।
पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा कात्तिक २ गते पक्राउ परेयता रवि अहिलेसम्मको पार्टीको जिम्मेवारीबाट अलग छन्।
कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरणको मुद्दासमेत परेपछि गत पुस ८ गते सांसद पदबाट निलम्बन भएयता रास्वपाको नेतृत्व उपसभापति डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिका रूपमा सम्हालिरहेका छन्।
अब आज (सोमबार) बस्ने पार्टीको केन्द्रीय समितिको बैठकमा रविलाई सभापतिको जिम्मेवारीमा फर्काउने प्रस्ताव पेस गरिने र पास भएमा आजै बस्ने केन्द्रीय समितिको दोस्रो बैठकको अध्यक्षता लामिछानेले गर्ने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
आइतबार बसेको रास्वपा सचिवालयको बैठकले सोमबारका लागि केन्द्रीय समितिको बैठक बोलाउँदै सभापति रविलाई जिम्मेवारीमा फर्काउने निर्णय गरेको हो।
यद्यपि यो प्रस्ताव आज पहिलो चरण बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि मात्र दोस्रो चरण बस्ने केन्द्रीय समितिको बैठकको अध्यक्षता लामिछानेले गर्ने रास्वपाका कार्यवाहक प्रवक्ता झाको भनाइ छ।
तर रास्वपाले यस्तो तयारी गरे पनि लामिछानेको निलम्बित सांसद पद अझै फुकुवा भइसकेको छैन। कास्कीसहित चार जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएपछि गत माघमा रविले सांसद पदबाट गरिएको निलम्बन फुकुवाका लागि सभामुख देवराज घिमिरेसमक्ष माग पनि राखे।
तर सभामुखले फुकुवा गर्न नमिल्ने भन्दै मानेनन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ चैत्र २०८१, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारी टोलीद्वारा रास्वपा पार्टी कार्यालय अनुगमन
रवि कारागारबाट बाहिरिएपछि पुराना दलहरू आत्तिए : रास्वपा
जेन जेड अगुवा पुरुषोत्तम यादवले दिए रास्वपा समानुपातिक उम्मेदवारका लागि आवेदन
रास्वपाको समानुपातिक उम्मेदवार बन्न आवेदन दिएकाहरूको नामावली सार्वजनिक
जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा, समानुपातिक उम्मेदवार बनाउने तयारी
यी हुन् रास्वपा समानुपातिकतर्फ मधेश प्रदेशका प्रारम्भिक उम्मेदवार (सूचीसहित)