काठमाडौ । साढे ५ महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछाने आजदेखि पार्टी कामको जिम्मेवारीमा फर्किंदै छन्।
पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा कात्तिक २ गते पक्राउ परेयता रवि अहिलेसम्मको पार्टीको जिम्मेवारीबाट अलग छन्।
कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरणको मुद्दासमेत परेपछि गत पुस ८ गते सांसद पदबाट निलम्बन भएयता रास्वपाको नेतृत्व उपसभापति डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिका रूपमा सम्हालिरहेका छन्।
अब आज (सोमबार) बस्ने पार्टीको केन्द्रीय समितिको बैठकमा रविलाई सभापतिको जिम्मेवारीमा फर्काउने प्रस्ताव पेस गरिने र पास भएमा आजै बस्ने केन्द्रीय समितिको दोस्रो बैठकको अध्यक्षता लामिछानेले गर्ने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
आइतबार बसेको रास्वपा सचिवालयको बैठकले सोमबारका लागि केन्द्रीय समितिको बैठक बोलाउँदै सभापति रविलाई जिम्मेवारीमा फर्काउने निर्णय गरेको हो।
यद्यपि यो प्रस्ताव आज पहिलो चरण बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि मात्र दोस्रो चरण बस्ने केन्द्रीय समितिको बैठकको अध्यक्षता लामिछानेले गर्ने रास्वपाका कार्यवाहक प्रवक्ता झाको भनाइ छ।
तर रास्वपाले यस्तो तयारी गरे पनि लामिछानेको निलम्बित सांसद पद अझै फुकुवा भइसकेको छैन। कास्कीसहित चार जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएपछि गत माघमा रविले सांसद पदबाट गरिएको निलम्बन फुकुवाका लागि सभामुख देवराज घिमिरेसमक्ष माग पनि राखे।
तर सभामुखले फुकुवा गर्न नमिल्ने भन्दै मानेनन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ चैत्र २०८१, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज संसदमा रास्वपाबाट रवि लामिछानेले सम्बोधन गर्ने
संविधान संशोधनमा रास्वपाको उल्टो कदम : बहसअघि कार्यदल, दलहरू अन्योलमा
निजामतीभित्रका कुनै पनि समूह र अभियानसँग हाम्रो सम्बन्ध छैन : रास्वपा
बालेन साह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन
रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक