काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको बारेमा सूचना दिन सर्वसाधारण नागरिकसँग नेपाल प्रहरीले अनुरोध गरेको छ ।
नेपाल प्रहरीले आइतबार एक सूचना जारी गर्दै १५ चैतमा तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटी लगायत ठाउँमा भएको तोडफोड, आगजनी, लुटपाटमा संलग्न व्यक्तिहरू बारेका प्रमाणहरू विशेष गरी फोटो, भिडियो लगायत विवरणहरू उपलब्ध गराउन अपिल गरेको हो ।
प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, ‘तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटी लगायत विभिन्न क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चारगृह, राजनीतिक दलका कार्यलय, व्यापारिक केन्द्र लगायत निजी तथा सरकारी सवारीसाधनहरूमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूका सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि यहाँहरूसँग भएका तथ्यपरक सूचना (फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण) उपलब्ध गरी अनुसन्धान सहयो गरिदिनु हुन अनुरोध छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ चैत्र २०८१, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो
प्रहरीका १० जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस (नामावलीसहित)
इलाका प्रहरी कार्यालय खैरहनीको नव–निर्मित भवन समुद्घाटन
गैरहाजिर २० जना प्रहरी कर्मचारीको नाममा प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
मिराजको समूहलाई प्रहरीले माइतीघरबाट हटायो
माइतीघरमा जेन जेडलाई प्रहरीले रोक्यो