काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको बारेमा सूचना दिन सर्वसाधारण नागरिकसँग नेपाल प्रहरीले अनुरोध गरेको छ ।
नेपाल प्रहरीले आइतबार एक सूचना जारी गर्दै १५ चैतमा तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटी लगायत ठाउँमा भएको तोडफोड, आगजनी, लुटपाटमा संलग्न व्यक्तिहरू बारेका प्रमाणहरू विशेष गरी फोटो, भिडियो लगायत विवरणहरू उपलब्ध गराउन अपिल गरेको हो ।
प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, ‘तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटी लगायत विभिन्न क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चारगृह, राजनीतिक दलका कार्यलय, व्यापारिक केन्द्र लगायत निजी तथा सरकारी सवारीसाधनहरूमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूका सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि यहाँहरूसँग भएका तथ्यपरक सूचना (फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण) उपलब्ध गरी अनुसन्धान सहयो गरिदिनु हुन अनुरोध छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ चैत्र २०८१, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस