काठमाडौँ । विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विशेष बैठक भोलि (सोमबार) बोलाएको छ । रास्वपाको सचिवालय बैठकको निर्णय अनुसार दिउँसो ३ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने कार्यबहाक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
बैठक दुई पटक बस्ने उनले जानकारी दिए । पहिलो बैठकमा कार्यबहाक सभापतिबाट धन्यवाद ज्ञापने गर्ने छ भने दोस्रो बैठक सभापति रवि लामिछानेको सभापत्विमा बस्नेछ। सहकारी ठगीमा कात्तिक २ गते पक्राउ परेका रविको नेतृत्वमा पहिलोपटक बस्न लागेको हो ।
दोस्रो बैठकको छलफलका विषयहरु :
१. पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट आआफ्नो संक्षिप्त रिपोर्टिङ ।
२. लिडरसिप एकेडेमीको फ्लो चार्ट सम्बन्धमा ।
३. जन यात्रा कार्यक्रम बारे।
४.पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस ।
५. अधिवेशनरमहाधिवेशन कार्यतालिका ।
६. विविध ।
(क) मुस्लिम समुदायको महान चाड इदको शुभकामना आदानप्रदान।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ चैत्र २०८१, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाकी पूजा बास्तोलाले दिइन् उजुरी
रास्वपाका ९९ सदस्यीय केन्द्रीय समितिमा को को जिते ? (सूची सहित)
रास्वपा महामन्त्रीमा सागर ढकालले गरे उम्मेदवारी घोषणा
रास्वपा महामन्त्रीमा जगदिश खरेलको उम्मेदवारी दर्ता
रास्वपा केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक
रास्वपा केन्द्रीय सदस्यका लागि मतदान सकियो