नयाँ दिल्ली । भारतमा एउटा विमानको आकस्मिक अवतरण गराइएको छ । आकाशमा उडिरहेको समयमा स्पाइसजेटको विमानको टायर पड्किएको थियो ।
घटना आइतबार बिहानको हो । विमान जयपुरबाट चेन्नई आइरहेको थियो । टायर पड्किएपछि बिहान ५ः ४६ बजे विमानको आकस्मिक अवतरण गराएको विमानस्थलका अधिकारीहरूले पुष्टि गरेका छन् ।
विमानमा सवार यात्री र क्रु सबै सुरक्षित रहेको बताइएको छ । विमानको टायर पड्केको पाइलटले थाहा पाएका थिए । यसपछि अवतरण गर्नुअघि उनले सम्बन्धित अधिकारीहरूलाई यसबारे सूचित गरिदिए । विमानको दुई नम्बरको पाङ्ग्रा क्षतिग्रस्त भएर बाहिर झुत्रो निस्किरहेको निरीक्षणको क्रममा पाइएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ चैत्र २०८१, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले इजरायलसँग आकासमा इन्धन भर्ने ६ वटा विमान किन्ने
अमेरिकामा कार्गो विमान दुर्घटना, सात जनाको मृत्यु
हङकङ विमानस्थलमा कार्गो विमान समुद्रमा खस्यो, दुई जनाको मृत्यु
अमेरिकी हवाईअड्डामा विमान ठोक्किँदा भीषण आगलागी
अमेरिकामा विमान खस्यो, ४ जनाको मृत्यु
यात्रुले विमानलाई बमले उडाइदिने धम्की दिएपछि.....