नयाँ दिल्ली । भारतमा एउटा विमानको आकस्मिक अवतरण गराइएको छ । आकाशमा उडिरहेको समयमा स्पाइसजेटको विमानको टायर पड्किएको थियो ।
घटना आइतबार बिहानको हो । विमान जयपुरबाट चेन्नई आइरहेको थियो । टायर पड्किएपछि बिहान ५ः ४६ बजे विमानको आकस्मिक अवतरण गराएको विमानस्थलका अधिकारीहरूले पुष्टि गरेका छन् ।
विमानमा सवार यात्री र क्रु सबै सुरक्षित रहेको बताइएको छ । विमानको टायर पड्केको पाइलटले थाहा पाएका थिए । यसपछि अवतरण गर्नुअघि उनले सम्बन्धित अधिकारीहरूलाई यसबारे सूचित गरिदिए । विमानको दुई नम्बरको पाङ्ग्रा क्षतिग्रस्त भएर बाहिर झुत्रो निस्किरहेको निरीक्षणको क्रममा पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ चैत्र २०८१, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
रुसी सैन्य विमान क्रिमियामा दुर्घटनाग्रस्त, २९ जनाको मृत्यु
कोलम्बियामा १२१ जना सवार सैनिक विमान दुर्घटना
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
लिबियाका सेना प्रमुखको विमान दुर्घटनमा परी मृत्यु