काठमाडौँ । संयुक्त राज्य अमेरिकाबाट डिपोर्ट गरिएका ३ जना भुटानी नागरिकलाई प्रहरीले झापामा पक्राउ गरेको छ । शनिवार भारततर्फको पानी ट्याङ्कीबाट काँकडभिट्टा आएका उनीहरूलाई पक्राउ गरिएको झापाका एसपी मिलन केसीले बताए ।
पक्राउ पर्नेमा ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ छन् । ट्रम्प प्रशासनले चार्टर्ड विमानमार्फत उनीहरूलाई भुटानको पारो एयरपोर्टमा लगेर छाडेको पाइएको छ ।
४ दिनअघि पारो एयरपोर्टमा उत्रिएका उनीहरू काँकडभिट्टामा देखिएका हुन् । अमेरिकाबाट आफ्नो समूहमा १० जना डिपोर्ट (निष्कासन) मा परेको उनीहरूले प्रहरीलाई बताएका छन् ।
भुटानी शरणार्थीहरूलाई प्रहरीले काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको छ । झापाको बेलडाँगीमा रहेका शरणार्थी शिविरमा ५ हजार शरणार्थी बसिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ चैत्र २०८१, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ