काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राजवादीहरूले चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा मच्चाएको हिंसात्मक प्रदर्शनको कडा भर्त्सना गरेको छ। पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाद्वारा जारी विज्ञप्तिमा आपराधिक र अराजक क्रियाकलापमा संलग्न तथा उक्साहट दिने योजनाकार र प्रदर्शनका आयोजकलाई कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ।
विज्ञप्तिमा शुक्रबारको प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाहको योजनाबद्ध उक्साहटमा प्रदर्शनकारीहरूले विध्वंसात्मक कार्य गरेको आरोप लगाइएको छ।प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक र सविन महर्जनको मृत्यु हुनुका साथै नेकपा (एकीकृत समाजवादी) को कार्यालय, सञ्चार गृह, औषधि कारखाना, डिपार्टमेन्ट स्टोर तथा अन्य सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट भएको घटनालाई गम्भीर आपराधिक कार्यका रूपमा लिँदै माओवादी केन्द्रले ती सबै घटनाको निन्दा गरेको छ।
माओवादी केन्द्रले यस्ता हिंसात्मक र आपराधिक गतिविधिहरूमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन, दोषीलाई गम्भीर अनुसन्धान गरी कडा भन्दा कडा कारबाही गर्न र विधिको शासन कायम गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ।
चैत्र १५ गते राजधानीमा आयोजित बृहत् जनप्रदर्शन र जनसभामा उत्साहजनक सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै विज्ञप्तिमा उक्त जनसभा तत्कालीन रूपमा सरकारप्रति खबरदारी र उदण्ड जत्थालाई जवाफ दिनका साथै दीर्घकालीन रूपमा जनताको गणतन्त्र स्थापनाका लागि ऐतिहासिक कोसेढुङ्गा सावित भएको बताइएको छ।
माओवादी केन्द्रले मुलुकमा शान्ति, स्थायित्व र विधिको शासन सुनिश्चित गर्न सबै पक्षलाई संयमित रहन र समस्याको समाधान संवाद र समझदारीबाट खोज्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ चैत्र २०८१, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभिन्न पार्टी परित्याग गरी ३७० जना माओवादी केन्द्रमा प्रवेश
अब जति पनि केन्द्रीय सदस्य बनाउन सक्ने माओवादीको निर्णय
नेसपाका केन्द्रीय सचिवालय सदस्य किरण थापासहित १४ जना माओवादीमा प्रवेश
खुमलटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
माओवादी केन्द्रको बैठक जारी
माओवादी केन्द्रको मध्य पहाडी अभियान स्थगित