काठमाडौँ । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ परेका छन् । बाँके, कैलाली, तनहुँ लगायतका जिल्लाबाट ६ जना पक्राउ परेका हुन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहाबाट अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ७ सय २० मिलिग्राम सहित कोहलपुर नगरपालिका–२ बस्ने २२ बस्ने सुजन थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ । मगरलाई बिहीबार राति पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालगन्जतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्रामसहित रोल्पा परिवर्तन गाउँपालिका–३ बस्ने ३१ वर्षीय भूपेन्द्र बुढामगर समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय जमुनाह, लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उता, कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया बजारबाट अवैध लागू औषध खैरो हेरोइन १ ग्राम ५ सय मिलिग्राम सहित कञ्चनपुर कृष्णपुर नगरपालिका–४ मालुमेला बस्ने २७ वर्षीय दीपक ओली समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो ।
त्यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागू औषध ट्रामाडोल २ सय ६० ट्याब्लेट सहित लमजुङ राइनास नगरपालिका–४ बस्ने २६ वर्षीय आशिष गैरेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट मुग्लिन पुलजिपबाट
खटिएको प्रहरीले काठमाडौँबाट लमजुङतर्फ जाँदै गरेको बा.३ ख १०६८ माइक्रो बस जाँच गर्ने क्रममा माइक्रोमा सवार उनलाई उक्त लागू औषध सहित फेला पारी पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ चैत्र २०८१, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागू औषधसहित चार जना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ
कैलालीमा लागू औषधसहित पाँच जना पक्राउ
भारतीय लागूऔषध कारोबारीमाथि गोली प्रहार, खैरो हेरोइन बरामद
लागूऔषधसहित युवक रौतहटमा पक्राउ