यस्तो देखियो चितवनमा लक्ष्मीपूजाको रौनक (फोटोफिचर)

हिरालाल आचार्य ‘डायमण्ड’

बुधबार, २१ कार्तिक २०७५, १९ : २७
यस्तो देखियो चितवनमा लक्ष्मीपूजाको रौनक (फोटोफिचर)

चितवन । आज यमपञ्चक अर्थात तिहारको तेस्रो दिन साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइएको छ । लक्ष्मीपूजाको दिन दियो र बत्ती बालेर पूजाकोठाका साथै सिंगो घर नै उज्यालो बनाउने गरिन्छ ।

विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । शहरहरुमा त अनेक रंगका बत्तीले झिलिमिली नै पारिन्छ । 
त्यस्तै चितवनमा पनि साँझ लक्ष्मीपूजा गरी सबैले घर घरमा झिलिमिली बत्ती बालेका छन् ।

सफल खबर संवाददाता हिरालाल आचार्य ‘डायमण्ड’ ले खिचेको तस्विर हेर्नुहोस्,
चितवनका केही स्थानमा गरिएको लक्ष्मीपूजा र त्यसपिछको झिलिमिली ।

प्रतिक्रिया दिनुहोस