काठमाडौँ । आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक समय परिवर्तन गरी आजै ३ बजे बस्ने भएको छ । सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले बैठक निर्धारित समयमा बस्न नसक्ने भएकाले समय परिवर्तन गरेको सूचना जारी दिँदै बुधवार ३ बजे बस्ने जनाएका छन् ।
बुधवार ११ बजे पछि सुरु भएको बैठकमा विपक्षी दलले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई सरकारले अपमानपूर्वक हटाएको भन्दै त्यसबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नसक्ने अडान राखेका थिए । त्यसपछि बैठक आधा घण्टाका लागि बैठक स्थगित गरेको सभामुख देवराज घिमिरेले घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ चैत्र २०८१, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक
प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपाको अवरोध
डोलप्रसाद र रामहरिबीच संसदमा चर्काचर्की