काठमाडौँ । यातायात कार्यालय विराटनगरमा बिचौलियाको काम गरेको आरोपमा १२ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
सोमबार दिउँसो मोरङको विराटनगर महानगरपालिका–४ खार्जी स्थित यातायात कार्यालय अगाडिबाट यातायात कार्यालय विराटनगरमा बिचौलियाको रूपमा काम गरी सर्वसाधारणलाई प्रलोभनमा पारी अनुचित लाभ जनगुनासो आएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक सरोज खनालको कमाण्डमा एक प्रहरी टोली सो क्षेत्रमा खटिएको थियो ।
प्रहरी टोलीले १२ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको र तप अनुसन्धान गरिरहेको बताएको छ ।
पक्राउ पर्नेहरूमा विराटनगर–३ बस्ने सञ्जीव कोइराला, राजेश खड्का, गौरव कुमार माझी, राजु कोइराला, दुहबी नगरपालिकाका युवराज लम्साल, विराटनगर–५ बस्ने अनिल बस्नेत, विराटनगर ४ बस्ने राजीव मण्डल, सुनसरीको बर्जु गाउँपालिका बस्ने प्रवीण कुमार थन्दार, कटहरी गाउँपालिका–१ बस्ने भागवत राजवंशी , बुढिगंगा गाउँपालिका–२ बस्ने उदय कार्की, बुढिगंगा –१ बस्ने सुनिल दाहाल र विराटनगर–३ बस्ने अजय कुमार मण्डल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ चैत्र २०८१, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ