काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत भ्रमणमा रहेकै बेला मल्दोभाका उपप्रधान तथा विदेशमन्त्री नेपाल भ्रमणमा आएका छन् ।
नयाँ दिल्लीमा भएको ‘राइसिना डायलग’मा सहभागी हुन डा राणा एक साता अगाडी भारत पुगेकी थिइन् । त्यही डायलगमा आएका माल्दोभाका विदेशमन्त्री भने त्यहाँ सहभागिता जनाएर नेपाल भ्रमणमा आएका हुन् ।
तर नेपालका परराष्ट्रमन्त्री राणा भने अझै उतै छिन् । खासगरी नेपालका प्रधानमन्त्रीको भारत भ्रमण गराउन निक्कै कसरथ गर्दा पनि सफल हुन नसकिरहेकी परराष्ट्रमन्त्रीले भने मोल्दोभाका विदेशमन्त्रीसँग उतै दिल्लीमै भेटवार्ता गरेकी थिइन् ।
मोल्दोभाका विदेशमन्त्री मिहाइ पोपसोइसँग चैत ५ मा राणाले दिल्लीमा भेट गरेकी थिइन् । राणासँग उतै दिल्लीमा भेट गरेर पोपसोई भने हिजो चैत ७ गते काठमाडौं आएका हुन् । उनी एयर इन्डियाको जाहाजबाट ३ सदस्यीय टोलीको नेतृत्व गदैं नेपाल भ्रमणमा आएका हुन् ।
नेपाल सन् २०२६ पछि विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुन लागेकोले त्यसपछि नेपाललाई आवश्यक पर्ने बाह्य सहायताका विषयदेखि नेपालले राष्ट्र सङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा दिएको उम्मेदवारी मा मल्दोभाको सहयोग लगायतका विषयमा दुई देशका बीचमा गहन सम्वाद आवश्यक छ ।
त्यसअतिरिक्त जलवायु परिवर्तनले नेपाललाई नराम्रोसँग असर गरिरहेको सन्दर्भमा पनि यस्ता छलफल महत्वपूर्ण हुने ठानिन्छ । तर परराष्टमन्त्री राणाले मोल्दोभाका विदेशमन्त्रीसाग उतै भारतमा भेट गरेर सामान्य कुराकानी मात्र गरेकी छिन् ।
उनले नेपाल भ्रमणका क्रममा पोपसोईसाग भेट नहुनेभएपछि दिल्लीमै भेट गरेकी हुन् । परराष्ट्रमन्त्री राणा पछिल्लो समयमा कुटनीतिक र परराष्ट्र सम्वन्ध विस्तारमा भन्दा सामान्य कार्यक्रममा मात्रै अल्झिन थालेको आरोप लाग्न थालेको छ । परराष्ट्र सम्वन्ध विस्तारका लागि भन्दा पनि राणाको समय विदेश घुम्ने तर परिणाम निकाल्न नसक्ने मन्त्रीका रुपमा चित्रित हुन थालेको गुनासो बढ्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ चैत्र २०८१, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
भारतबाट फर्केको एक सातामै किन चीन जाँदैछन् परराष्ट्रमन्त्री ?
परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री खनालको भारत भ्रमण