बुटवल । नेकपा (एकीकृत समाजवादी) रुपन्देही जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । पार्टी जिल्ला कमिटीले आज बुटवलमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारी पूरा भएको जनाएको हो ।
पार्टीले यही चैत ९ र १० गते जिल्ला अधिवेशन गर्न लागेको छ । २०७८ साल भदौ ९ गते तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गरी स्थापना भएको नेकपा एसले गत असारमा सम्पन्न राष्ट्रिय महाधिवेशनले पारित गरेको नीति कार्यक्रम र विधान अनुसार जिल्ला अधिवेशनको तयारीमा जुटेको उक्त पार्टीले जनाएको छ ।
पत्रकार सम्मेलनमा नेकपा एसका पोलिटब्युरो सदस्य तथा रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडेले महाधिवेशनको कार्यदिशा, कार्यक्रम, सङ्गठनात्मक सिद्धान्त र विधान अनुसार अधिवेशनमा होमिएको बताए ।
उनले रुपन्देहीमा जिल्लाको नेतृत्वमा आउन चाहनेहरू प्रतिनिधि अनिवार्य हुनुपर्ने प्रावधानलाई कार्यान्वयन गरिएको बताए । रुपन्देही जिल्लाका ५ वटा निर्वाचन क्षेत्रहरूबाट प्रतिनिधिहरू छनौट गर्ने काम सम्पन्न गरिएको छ ।
अधिवेशन प्रतिनिधिहरूको छनौट गर्दा दलित तर्फ १० जन बराबर १, खुल्ला तर्फ २० जना बराबर १ र सबै क्लस्टरमा एक तिहाइ महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाहरूको सहभागिताको सिद्धान्त अपनाइएको छ । जिल्लाका कार्यवाहक अध्यक्ष श्रीराम यादवले विधान अनुसार सङ्घीय निर्वाचन क्षेत्र नं. १ बाट जम्मा ४६ जना, २ बाट ४३ जना, ३ बाट २१, ४ बाट ११ २५ बाट ७ जना गरी जम्मा १२८ जना जिल्ला अधिवेशन प्रतिनिधिहरू रहेको बताए ।
विधान बमोजिम जम्मा प्रतिनिधिको १० प्रतिशतले हुने १३ जना प्रतिनिधिहरू जिल्ला कमिटीले मनोनीत गरी दसौँ अधिवेशनमा सहभागी प्रतिनिधिहरूको जम्मा सङ्ख्या १४१ जना बनाइने जनाइएको छ ।
अधिवेशनको चैत ९ गते उद्घाटन र १० गते बन्द सत्र हुनेछ । बुटवल–१३ स्थित साइनो पार्टी प्यालेसमा हुने अधिवेशनको उद्घाटनमा पार्टी अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरूलाई निमन्त्रण गरिएको उपसचिव टंक पोख्रेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ चैत्र २०८१, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशमा जनमत र एकीकृत समाजवादीबाट दुई मन्त्रीले लिए शपथ
एकीकृत समाजवादीलाई एकतामा आउन ओलीको प्रस्ताव
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
एकीकृत समाजवादीले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने
पार्टी एकताबारे एकीकृत समाजवादीमा मतभेद
तोकिएकै समयमा निर्वाचन गराउन एकीकृत समाजवादीको आग्रह