माओवादी केन्द्रको बैठक सुरु

मंगलबार, १८ पुस २०७४, १३ : ५३
माओवादी केन्द्रको बैठक सुरु

काठमाडौं । माओवादी केन्द्रको  केन्द्रीय कार्यालयको  वैठक सुरू भएकाे छ । मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेकपा (एमाले)सँगको पार्टी एकता लगायतका विषयमा छलफल हुने छ ।

वैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको छ ।

चुनावलगत्तै एमाले र माओवादवीचको एकता प्रक्रिया अगाडी बढाउने बामगठबन्धनको निर्णय भएपनि नेतृत्वको विषयमा सहमति जुटन नसक्दा पार्टी एकता संयोजन समितिको समेत वैठक बस्न सकेको छैन् ।
माओवादीले एकीकृत पार्टीको नेतृत्व प्रचण्डलाई दिनुपर्ने अडान राखेको छ । एमाले यसमा तयार भएको छैन ।

प्रतिक्रिया दिनुहोस