काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले जर्जियाकी विदेश मन्त्री माका बोचोरिसभिली र फिलिपिन्सका विदेश मन्त्री एनरिक ए. मनालोसँग आज नयाँ दिल्लीमा छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेकी छन् ।
भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरुबीच आज बिहान सो भेटवार्ता भएको हो । भेटका क्रममा आपसी हित र द्विपक्षीय चासोका विविध विषयहरूमा कुराकानी भएको थियो ।
भेटका क्रममा मन्त्री डा। राणाले जर्जियाकी विदेश मन्त्री बोचोरिसभिलीसँग नेपालले आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को सदस्य लगायत अन्यमा पनि उम्मेदवारी दिएकाले त्यसमा सहयोग र समर्थनका लागि जर्जियासँग आग्रह गरिन् ।
साथै मन्त्री राणाले कृषि, जलविद्युत, पूर्वाधार निर्माण, पर्यटन लगायतका क्षेत्रमा नेपाल र जर्जियाबीच संयुक्त लगानी तथा साझेदारी गर्न सकिने सम्भावनाका विषयमा पनि कुराकानी गरेकी थिइन् ।
साथै नेपालले पछिल्लो समयमा जलवायु परिवर्तनका कारण उत्पन्न अकल्पनीय समस्याहरूको सामना गरिरहेको जानकारी दिँदै नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाउँदै आएका आवाजमा जर्जियाको पनि सहयोग अपेक्षित रहेको मन्त्री डा राणाले बताएकी थिइन् ।
त्यसैगरी मन्त्री डा. राणाले फिलिपिन्सका विदेश मन्त्री एनरिक ए।मनालोसँग नेपाल र फिलिपिन्स जलवायु परिवर्तनका कारण उत्तिकै समस्यामा परेकाले यसको असर कम गर्नका लागि आगामी दिनमा मिलेर काम गर्न सकिने बताएको उनको सचिवालयले जनाएको छ ।
फिलिपिन्स र नेपालका बीचको आपसी सम्बन्धका साथै आर्थिक साझेदारी र सामूहिक सहकार्यका विषयमा सो भेटका अवसरमा कुराकानी भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ चैत्र २०८१, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘आर्थिक कूटनीतिमा अवैतनिक वाणिज्यदूतहरुको भूमिका महत्त्वपूर्ण’ : परराष्ट्र मन्त्री डा. राणा
परराष्ट्र मन्त्री डा. राणाले भनिन्-‘नेपालीलाई इजरायल र इरानबाट उद्धार गर्ने तयारीमा छौँ’
परराष्ट्र मन्त्री डा. राणाद्वारा कतारका विशेष दूतसँग विपिन जोशीको रिहाइबारे पुनः आग्रह
भारत प्रस्थान गरिन परराष्ट्र मन्त्री डा. राणा
जेनेभा भ्रमण उपलब्धिमूलक: परराष्ट्रमन्त्री डा. राणा