काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी लाहुरेटोल बस्ने रामेछाप मन्थली नगरपालिका-७ घर भएका १५ वर्षीय सुमन खड्काको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको हो ।
सोही नगरपालिका-७ मुलपानीबाट अमरसिङ थापा चोक जाने सडकमा बा.प्र. ०३-००१ ख १३३८ नम्बरको टिपर बालुवा अनलोड गर्ने क्रममा बिजुलीको पोलको तार सर्ट भई करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपरका सहचालक समेत रहेका खड्कालाई उपचारका लागि शंखरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ फागुन २०८१, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर एकजनाको मृत्यु
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर तीनजनाको मृत्यु
ओखलढुंगामा करेन्ट लागेर एकको मृत्यु
करेन्ट लागेर वृद्धा महिलाको मृत्यु
ट्रकमा करेन्ट लाग्दा सहचालकको मृत्यु, दुई जना घाइते
मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु