रौतहट । भन्सार छलीको विभिन्न किसिमका सामान र २ मोटरसाइकलसहित एकजना युवकलाई रौतहट स्थित प्रहरीले नियन्त्रणमा लिएको छ।
सीमावर्ती भारतीय बजारबाट भन्सार छली भित्र्याएको १ लाख ७५ हजार बराबरको मोटर पार्ट्स, कपडा किराना र विआर ३० एक्स २४०७ र विआर ०५ जेड ७२६८ नम्बरको मोटरसाइकलसहित प्रहरीले गौर नगरपालिका ४ टीकुलियाका २५ वर्षीय भोला साहलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय गौरको गस्ती टोलीले पक्राउ गरेको युवक भोला साहलाई आवश्यक कारबाहीको लागि मङ्गलवार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।
होलीको अवसर पारेर नेपाली र भारतीय तस्करहरू चोर बाटोमार्फत अवैध समान नेपाल भित्र्याउन प्रयासरत रहेको देखिन्छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ फागुन २०८१, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
भन्सार छलीको कपडा र मोटरसाइकलसहित एक जना पक्राउ
पर्सामा २१ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद
खाली कन्टेनरले वीरगन्ज भन्सारको ‘यार्ड’ भरिए
रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना