काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बुधबार) रुपन्देही आउने भएका छन् ।
जिल्लाका विभिन्न चार कार्यक्रममा प्रचण्डले सहभागिता जनाउने छन् । कार्यतालिका अनुसार बिहान ११ बजे रुपन्देहीको ओमसतिया–६ मा अवस्थित रामजानकी जमुहानी पोखरा ताल पार्कको शिलान्यास गर्ने कार्यक्रम छ ।
त्यसपछि अध्यक्ष प्रचण्ड बुटवल उपमहानगरपालिकाको समन्वयमा ज्योतिनगर पहिरो क्षेत्रको निरीक्षण गर्नेछन ।
त्यसपछि प्रचण्ड बुटवल ट्राफिक चोकमा आयोजना हुने मगर मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नेछन् ।
त्यसपछि सैनामैनामा चलिरहेको सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको समापन समारोहमा पुग्ने माओवादीका जिल्ला नेता निर्मल जिसीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ फागुन २०८१, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’