काठमाडौं । माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सोमबार बसेको माओवादी पदाधिकारी बैठकले दुईदलीय सरकारको कुशासनका कारण प्रतिगामीहरू सक्रिय भएको निष्कर्ष निकालेको हो ।
प्रतिगामीहरू सक्रिय भएपनि नेपाली जनतालाई भने धेरै प्रभाव नपरेको बैठकको निष्कर्ष रहेको प्रवक्ता अग्नि सापकोटाले बताए । अहिले पनि नेपाल जनता लोकतन्त्रको पक्षमा रहेकाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रमात्रै हुन सक्छ भन्ने पार्टीको निष्कर्ष रहेको सापकोटाले सुनाए । उनले मुलुकमा राजतन्त्र फर्कने कुनै सम्भावना नगरेको जिकिर गरे ।
संविधान जारी गरेको र मुलुकको संघीयतासहितको परिवर्तन मन नपराउनेहरूले सरकारको कुशासनका कारण फेरि टाउको उठाउन खोजेको उनको जिकिर छ ।
अहिलेको संविधान र व्यवस्थाप्रति केहि प्रश्न उठेपनि त्यसको समाधानसमेत रहेको प्रवक्ता सापकोटाले बताए । बैठकले संघीय संसदका साथै सातै प्रदेशका संसदहरूमा माओवादीले सशक्त भूमिका निर्वाह गर्ने र जनताका समस्यालाई उजागर गर्ने निर्णय गरेको छ । .
त्यस्तै पार्टीले वृहत् जनपरिचालन गर्ने निर्णय गर्दै त्यसको मिति भए अर्को बैठकले तय गर्ने सापकोटाले जानकारी दिए । बैठकमा जनतासँग माओवादी अभियानको प्रारम्भिक समिक्षा भएको र झापादेखि रौटहटसम्म आइपुग्दा जनतामा नयाँ जागरण पैदा भएको ठहर गरेको छ । हाललाई स्थगित गरिएको अभियान अर्को महिना पुन: सुरु गर्ने माओवादीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ फागुन २०८१, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने