काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले सुनसरी र इलामबाट चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले २४ फागुनमा इलामको इलाम नगरपालिका–९ मा चेकजाँचको क्रममा मे १ च ४५२५ नम्वरको पिकअप गाडीको डिकीमा लुकाई छिपाई राखेको अवस्थामा ३ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।
प्रतिबन्धित लागूऔषध ब्राउन सुगर बरामद भएसँगै उक्त गाडी सहित चालक इलाम नगरपालिका–१२ का रोशन लिम्बू र सोही स्थानका मनिष राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सुनसरीको प्रहरी चौकी पानवारीबाट खटिएको टोलीले धरान उप–महानगरपालिका–६ का २६ बर्षीय योगेश कार्की र धरान–१० का २२ बर्षीय लोकबहादुर मगरलाई निषेधित औषधि ट्रामाडोल १२७ ट्याब्लेट, डिकोलिक ११५ ट्याब्लेट, स्पास्मो र स्पासपेन २३ ट्याव्लेट सहित नियन्त्रणमा लिएको छ ।
लागूऔषधसहित पक्राउ परेका चारैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ फागुन २०८१, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ
कैलालीमा लागू औषधसहित पाँच जना पक्राउ