कोटीहोम विवाद

पोखरामा झडप, केही प्रदर्शनकारी र नगर प्रहरी घाइते

सफल खबर संवाददाता

शुक्रबार, २३ फागुन २०८१, १२ : ११
पोखरामा झडप, केही प्रदर्शनकारी र नगर प्रहरी घाइते

कास्की । मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेपछि भएको विवादका क्रममा दुई पक्षीय झडप भएको छ ।  महानगरले अनुमति बेजर भूमि पुजन गर्न नदिएसँगै भएको विवादमा शुक्राबर बिहान झडप भएको हो । 
 
पोखरा महानगरको अनुमति बेगर सुरु भएको भूमिपुजन रोक्न कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको  थियो । सोही क्रममा भएको विवादमा दुबै पक्षका केही घाइते भएका छन् ।  फाउन्डेसनले बाराहीघाटमा कोटीहोम आयोजना गर्न लागेको छ ।

पोखरा महानगरले कुनैपनि हालतमा लेकसाइडमा कोटीहोम हुन नसक्ने जिकिर गरेको छ । फाउन्डेसनका संस्थापक विजय भण्डारी जुनसुकै हालतमा कोटीहोम गरेरै पोखराबाट फर्कने अडानमा छन् ।

 

प्रतिक्रिया दिनुहोस