काठमाडौँ । ऊर्जा मन्त्री दीपक खड्काले लोडसेडिङ अन्त्यको श्रेय छिमेकी मुलुक भारतलाई दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति लक्षित गर्दै एक जना व्यक्तिले मात्रै लोडसेडिङ अन्त्य गर्न नसक्ने बताए ।
‘४ सय मेगावाट उहाँहरू (भारत) लाई चाहिँदा चाहिँदा पनि हामीलाई ४५० मेगावाट खरिद गर्न दिनुभयो । त्यसका लागि म यही सदनबाट भन्न चाहन्छु लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्छ,’ उनले भने ।
केपी शर्मा ओली प्रधानमन्त्री भएकै समयमा भारतबाट बिजुली खरिद गर्ने निर्णय भएको स्मरण गराउँदै मन्त्री खड्काले लोडसिडङको अन्त्य एक जना व्यक्तिले मात्रै नगरेको बताए ।
उनले भने, ‘उहाँ एक जना (कुलमान घिसिङ)व्यक्तिले मात्रै गरेको होइन । कार्यान्वयन पक्ष राम्रो गर्नुभयो होला । त्यसमा पनि छलफल गरौँ । उहाँले राम्रो गरेको काममा कन्जुस्याइँ कहाँ गरौँ भनेको छ र । उहाँलाई धन्यवादै दिन सकिन्छ । यहाँ उठेका प्रश्नहरू मात्रै मैले निवेदन गर्न चाहेको हुँ । त्यस्तो होइन है माननीयज्यूहरू । यो भ्रममा नपालौँ भन्न चाहेको हुँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ फागुन २०८१, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ऊर्जामन्त्री खड्कासँग एमसिसीका सहायक उपाध्यक्ष विङ्गलको शिष्टाचार भेट
चितवनमा लोडसेडिङ होइन, पानी तान्ने पम्प नचलाइदिन भनेको होः ऊर्जामन्त्री खड्का
ऊर्जा मानव जीवनको लागि अक्सिजन सरहः ऊर्जामन्त्री खड्का
क्षति न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सरकारको प्राथमिकतामा छ : ऊर्जामन्त्री खड्का
मेलम्ची-हेलम्बू क्षेत्रको पुनर्निर्माणमा सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का