बर्दिया । बर्दियामा मृत अवस्थामा पाटे बाघ फेला परेको छ । गुलरिया नगरपालिका–१२ बिक्री स्थित भवानी सामुदायिक वनमा मृत अवस्थामा पाटे बाघ फेला परेको हो ।
आज (मंगलबार) बिहान बबई सब डिभिजनका कर्मचारी र सामुदायिक वनका उपभोक्ताहरूको संयुक्त टोलीले वनको गस्ती गर्ने क्रममा मृत अवस्थामा बाघ फेला परेको डिभिजन वन कार्यालयका सूचना अधिकारी राम कुमार चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०८१, १३ : ००
लेखकबाट थप