काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले २६ चैतमा काठमाडौँमा वृहत जनप्रदर्शन गर्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
मिटर ब्याज र सहकारीबाट पीडितहरूलाई राहत प्रदान गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, देशभित्र रोजगारी सिर्जना गर्न राप्रपा नेपालले जनपरिचालन र जनदबाब कार्यक्रम आयोजना गर्ने भएको छ ।
जस अन्तर्गत १ चैतमा देशभरिका जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना र प्रदर्शन गरिने निर्णय भएको उनले बताए ।
उनका अनुसार ८ र ९ चैतमा हेटौंडामा मध्यमाञ्चल क्षेत्र स्तरीय भेला र प्रशिक्षण आयोजना गरिने छ ।
यसैगरी १४ देखि १८ चैतसम्म काठमाण्डौ उपत्यकाका १० वटै क्षेत्र र पालिकाहरू समावेश हुने गरी “साँखु देखि चाँगुनारायण जनजागरण यात्रा” सञ्चालन गर्ने निर्णय राप्रपा नेपालले गरेको छ ।
यसैगरी २२ चैतमा राष्ट्रिय सभा गृहमा संयोजित संगठन समन्वय विभागको आयोजनामा जनवर्गीय संगठनहरूको संयुक्त भेला आयोजना गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०८१, १९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको अन्तिम बैठक
राप्रपा र राप्रपा नेपालबीच सहमति
राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै
राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै
तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा नेपालको माग