माओवादी केन्द्रले बोलायो केन्द्रीय कार्यालयको बैठक

मंगलबार, १८ पुस २०७४, १० : ४०
माओवादी केन्द्रले बोलायो केन्द्रीय कार्यालयको बैठक

चितवन । मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेकपा (एमाले)सँगको पार्टी एकता लगायतका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)ले मंगलबार केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाइएको छ ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार बैठक मंगलबार अपराह्न १ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बस्नेछ ।  बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीका बारेमा छलफल हुनेछ ।

चुनावलगत्तै एमाले र माओवादवीचको एकता प्रक्रिया अगाडी बढाउने बामगठबन्धनको निर्णय भएपनि नेतृत्वको विषयमा सहमति जुटन नसक्दा पार्टी एकता संयोजन समितिको समेत वैठक बस्न सकेको छैन् । माओवादीले एकीकृत पार्टीको नेतृत्व प्रचण्डलाई दिनुपर्ने अडान राखेको छ । एमाले यसमा तयार भएको छैन ।

पछिल्लो दिनमा पार्टी एकताको विषयमा ठोस निर्णय र अवधारणा अगाडि नआएको बेला माओवादी केन्द्रको मंगलबार बस्ने बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस