काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। यही २५ र २७ गते बस्ने गरी बैठक बोलाएको प्रवक्ता शरद यादवले बताएका छन् ।
बैठकमा महोत्तरीस्थित पावन मिथिला होटेल बर्दिबासमा बस्नेछ । केन्द्रीय समितिको बैठक लगत्तै मधेश प्रदेशको प्रदेश समन्वय समितिको बैठक बस्ने उनले बताए ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीतिलगायतको विषयमा छलफल हुने जनाइएको छ । पछिल्लो समय जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने चर्चा चलिरहेको बेलामा बस्न लागेको बैठकमा त्यसबारे पनि छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०८१, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशमा दुई मन्त्री फेर्दै जनमत
नागरिक उन्मुक्ति र जनमत पार्टीबिच एकता घोषणा कार्यक्रम स्थगित
आज साँझ जनमत पार्टीको बैठक बस्दै
जनमत र नाउपाबीच १७ गते एकीकरण घोषणा हुने
शिक्षकको माग सम्बोधन गर्न जनमत पार्टीको माग
कवाड व्यवसायीलाई काठमाडौं महानगरले ज्यादती गर्योः जनमत