एजेन्सी । रमजान र यहुदीहरूको सुरक्षालाई ध्यानमा राख्दै सरकारले गाजा युद्धविरामलाई थप ६ हप्ताका लागि अस्थायी रूपमा विस्तार गर्न अनुमोदन गरेको नेतन्याहुले बताएका छन्।
शनिबार मध्यराति पहिलो चरणको युद्धविराम समाप्त भएपछि यो घोषणा गरिएको हो।
यो प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ ह्विटलले गरेका हुन्।
तर इजरायलले वार्ताको अर्को चरण असफल भएको महसुस गरेमा ६ हप्ता अर्थात् ४२ दिनपछि उसले पुनः लडाइँ सुरु गर्न सक्ने बीबीसीले जनाएको छ।
यसअघि इजरायल र हमासबीच पहिलो चरणअन्तर्गत जनवरी १९ देखि मार्च १ सम्म युद्धविरामको सहमति भएको थियो।
यस अवधिमा हमासले २५ जना जीवित र ८ जनाको शव इजरायललाई फिर्ता गरेको छ। बदलामा इजरायलले १ हजार ९ सय प्यालेस्टिनी कैदीबन्दी रिहा गरेको छ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा अचानक हमला गरेपछि दुई पक्षबीच युद्ध भइरहेको थियो।
त्यसको १५ महिनाभन्दा बढी लामो समयपछि जनवरी १९ देखि युद्धविराम गरिएको हो।
त्यसबेला अन्य मानिससँगै हमासले नेपाली विद्यार्थी विपिन जोशीलाई पनि गाजा लिएर गएको थियो। उनी जीवितै रहेको र रिहा हुने अपेक्षा गरिए पनि अहिलेसम्म अन्योल नै छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १८ फागुन २०८१, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का