बैतडी । बैतडीमा शनिबार राति गोली हानी युवकको हत्या गरिएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका-८ चौसिलाका २३ वर्षीय सुरेन्द्र विष्टको हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडुका अनुसार चौसिलाकै ४० वर्षीय कर्णबहादुर विष्टले भरुवा बन्दुकले गोली प्रहार गर्दा सुरेन्द्र गम्भीर घाइते भएका थिए। उपचारका क्रममा जिल्ला अस्पतालमा उनको मृत्यु भएको हो।
सुरेन्द्र जिप चालक थिए। कर्ण बहादुर र सुरेन्द्र नातेदार हुन्।रिसइबी कारण गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ। कर्ण बहादुर र सुरेन्द्रबीच यसअघि पनि झगडा भएको खुलेको छ।
त्यसपछि उनी चौसिलामा जिप पार्किङ गरेर खाना खाइरहेका थिए। त्यसैबेला रौलेश्वर माध्यमिक विद्यालय नजिकैबाट कर्णबहादुरले सुरेन्द्रलाई गोली हानेका थिए।
प्रहरीका अनुसार ५/७ फिटको दूरीबाट गोली हानिएको थियो। गोली प्रहार गर्ने कर्णबहादुर बन्दुकसहित फरार छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ फागुन २०८१, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या